Monday, February 22, 2010

नेपाली ग़ज़ल

छाल्किएको आँखाले, मन तिम्रो छो'को भए।
हुदैनथ्यौ दूर तिमी ,सिउंदो भर्ने धोको भए॥

विश्वासमा घाउ लाग्दा ,आंसूको के मोल हुन्छ।
बुझथ्यौ होला भित्ता समाई ,तिमी कहीले रो'को भए॥

मुटु भित्र मायांको ,पवित्रता कति हुन्छ।
थाह हुन्थ्यो तिमीलाईनै, मन तिम्रो चोखो भए॥

प्रेम मेरो बजारमा, तमासा पो किन बन्थ्यो ।
घिनलाग्दो''तिमी'' यदि ,विश्वासको भोको भए॥

सुन्न मन लागेको छ,नलजाई भने हुन्छ।
तिम्री मनकी कथित रानी,म पछि को को भए॥



1 comment:

Sulabh Jaiswal "सुलभ" said...

Oh Lovely, you are writing NEPALI GAZAL. आज पहली बार नेपाली ग़ज़ल सुना. खूब राम्रो!! मो कसरयों तारिफ गरुं..
Keep it up.

धन्यबाद !