Friday, February 19, 2010

बुलबुल को लागी


''ऊ बदलिएकै हो त?'',''हो भने किन?'',हो यस्तै सोचहरुका द्वन्दले मेरो मुटु आक्रांत पार्ने गर्छ आजभोली। लामो वार्तालाप अनि मनमुटाव पछि उसले भन्यो ''हुन सक्छ समयले मलाई पनि अलिकती परिवर्तन गरायो होला,तर आज पनि म तिमीलाई माया गर्छु ''। उसले यसो भनीरहंदा पनि मैले उसको अनुहारमा पाहिलेझैं कान्ति देखिन,उसका आँखाहरु फेरी पनि मलाई पराईझैं लागिरहे । मैले सोचें, ''यदि तिमीलाई समयले परिवर्तन गराएको हो भने मलाई किन गराएन''?,''म चाहीं किन दुखीरहने ''?। मलाई पनि परिवर्तन गराओस ,म पनि तिमी जस्तै भई बाँचौ ,खुसी साथ, जस्तो तिमीलाई कुनै कुराले फरक पर्दैन तेस्तै मलाई पनि नपरोस ।

उ संग अब मेरो पनि लगाव हराउदै गईरहेछ,मलाई डर लाग्छ कहीं यो मनमुटाव घोर घृणाको पराकाष्ठा भएर नजन्मियोस । उ अब कुनै पर पुरुष भन्दा बढ़ी कोही होइन मेरो लागी। उसलाई सायदै थाह होला,उ म देखि कती टाढा जादै छ । उ त खुसी छ,उसलाई लाग्दो म उसकी कैदी भईदिएर बांची रहेछु,र यो उसको जीत हो।
तर ''के यो उसको जीत हो''?..............
मलाई कहिलेकाहिं उ प्रति दया लागेर आउछ,''यो कस्तो पुरुष हो''? खोक्रो, नितांत खोक्रो,उसलाई के आभाष हुदैन?
की उ खोक्रो छ, भित्र देखि बहिर सम्म अनि तल देखि माथि सम्म।

मेरो एक मुठी आकाश हर साँझ मेरो बर्दालीको कुना बाट मलाई चिहाउने गर्छ। फुर्सतको बेलामा
म तिनै बादलका टुक्राहरुलाई आकार दिने गर्छु,यसै उसै परिचय विहीन आकार, अस्तित्व विहीन आकार॥ अब कही पनि पाहिले जस्तो छैन, मानौ समयले फनक्क एक फन्का घुमेर मलाई कुनै यस्तो मोडमा उभ्याइदियो जहा हर चीज़ बिरानो अनि न संगे उभिएको उ पनि बिरानो॥ थाह छैन अब जिंदगीले अब अरु कती रंग देखाउनेछ
सायद अनिश्चितताको अर्को नामनै जिंदगी हो........


No comments: