Sunday, September 27, 2009

नेपाली ग़ज़ल - गल्ली गल्ली बस्ती बस्ती

गल्ली गल्ली बस्ती बस्ती मैले गुंडा राज देखें ।
तिमी भित्र पनि मैले लोग्ने मान्छेकै समाज देखें॥

पुरूष हुनुको खोक्रो घमंडले भरिएको ।
तिम्रो शिरमा पनि मैले उस्तै ताज देखें॥

तिम्रो उही आदर्शलाई कैद गरि राखिएको।
तिम्रै घरमा मैले एउटा बंद दराज देखें॥

नारी सती नारी सीता नारी दुर्गा बिर्सीएछौ
आउंदा तूफान तिम्रो डुबेको जहाज देखें..





1 comment:

Sulabh Jaiswal "सुलभ" said...

तिम्रो उही आदर्शलाई कैद गरि राखिएको।
तिम्रै घरमा मैले एउटा बंद दराज देखें॥

नारी सती नारी सीता नारी दुर्गा बिर्सीएछौ
आउंदा तूफान तिम्रो डुबेको जहाज देखें..

Bahut Sundar... Aaj bahut dino baad kuch anokhi khushi mili.

Kya Nepali gazal hai...
तिम्रो ब्लोग्मा मैले आपनो हमराज देखें.

धन्यबाद !