Wednesday, September 16, 2009

नेपाली ग़ज़ल - रंगिएको सिंउदो तर

रंगिएको सिंउदो तर, मनमा तिम्रो याद किन
बुझ्न कहिले नसकिने ,आफ्नै मनको बात किन॥

होइन म तिम्री प्रिया,छैन कुनै नाता तर ।
फेरी पनि प्यारो लाग्छ मलाई तिम्रो साथ किन॥

समाजको बंधन भित्र,पिल्सिएको जिन्दगी यो।
अंगालोमा बांधिदा नि,रित्तो मेरो रात किन॥

अनुमति छैन मलाई, थाह हुंदा हुँदै पनि ।
चाहान्छु म समाउन , उही तिम्रो हात किन॥

कसरी म सत्य लुकाऊ उनका निर्दोष आँखा छली।
बुझ्दिन आखिर म बाट नै हुन्छ यस्तो घात किन॥



No comments: