Sunday, December 27, 2009

प्रिया

प्रिया,
तिमीलाई अंगालो भरी बेरेर सपना देखेको पल,तिम्रा ठूला ठूला सागर झैं छाल्किने आँखाको अबोधतामा बिस्तारै बिस्तारै दुब्दै गर्दाको पल,जब निलो आकाशमा चारैतिर छारिएका बादलका टुक्राहरुमा तिम्रो अनुहार खोज्दै थिएं.
अनि उही टुक्राहरुमा तिम्रो नाम कल्पदै लेख्दै गर्दा म फेरी एक पटक झसंग भएर तर्सिए। अनि हठात ऐना हेरें ,
म उही थिएं। म उही थिएं जसलाई हेरेर हिजो तिमी भन्ने गर्थ्यौ ,"तिमी बिना म एक पल पनि बाँच्न सक्दिन"।
अनि हत्केला भरी मेरो अनुहार थामेर.अबरुद्ध गला लिई मेरो छातिमा टासिन्थ्यौ। प्रिया, तिमी पनि त त्यसपल मलाई माया गर्थ्यौ। तर आज तिमी पराईकी कसरी भयौ? तिमी रंगीएर गएको पल म रगतले पोतिएको थिएं।
तिमीले पोते लगाएको पल मैले पनि पासो कसेको थिएं अनि आत्महत्यको सांघुरो गल्लिमा
कदम बढ़ाएको थिएं तर मर्न साकिन। अनि फेरी निलो आकाशमा तिम्रो अनुहार खोज्न थालें।तिमी सुहागरातमा बाहुपाशको मिठो घेरमा कैदी भैरहेथ्यौ म बेहोशी मै तिम्रो नाम
लिईरहेथें। तिमी घरी घरी आउथ्यौ म अंगालो भरी तिमीलाई लिन चाहन्थें तिमी बिलाउथ्यौ। तिमी रातभरि म संग नभएर पनि म संग थियौ।
प्रिया,
पहाड़हरुको घेरा काटेर विदेशी माटोमा पाईला टेक्दै गर्दा तिम्रो मनमा पनि सियोले झैं चस्स
दुख्यो होला,तिमीले पछाड़ी फर्केर हेर्यौ होला,अनि अलिकति डर अलिकति खुसीले अघि बढ़यौ होला.म जान्दछू तिमीले कदम बढ़ाउदै गर्दा मेरो याद पक्कै आयो होला,अनि एकपलको लागी मन दुख्यो होला। आफ्नो आँखाको आंसूलाई लूकाउन खोज्यौ होला।
प्रिया ,म त एक्लो छू, तिमीले जस्तो छोडेर गएकी थियौ उस्तै छू।
तिमीलाई मेरो शुभकामना



No comments: