Saturday, December 12, 2009

नेपाली गीत

थांती राख प्रिया मेरो माया मुटु मांझ
आउदैछु म तिमीलाई आफ्नो संगी बनाउन ॥
दुनियाले रोके पनि समाजले छेके पनि ।
निभाउदै कसम तिम्रो सिउंदो सजाउन ॥

ओछ्याएर आँखा ,तिमी आउने बाटो भरी।
कल्पदैछु तिम्रो न्यानो हात समांउन ।
चांडै आउ निस्ठुरी यो समयको चाल भन्दा ,
हाम्रो चोखो पिरतीको बाचा निभाउन ॥

कसरी पो सहें मैले बिछोडका पलहरु,
सक्दिन म अब अरु मुटु जलाउन ॥
म पनि ता तिमी जस्तै रोए रातभरी
तर पनि सकिन यो ख़बर पठाउन ॥

अंगालोमा आउ प्रिया टुटने छैन प्रेम हाम्रो,
मायामा नै बाच्ने मरने रीती बनाउन ............


No comments: