Friday, January 15, 2010

नेपाली ग़ज़ल

तिम्रो सामु जब मेरो लाश जलेको हुन्छ।
मेरो चोखो प्रेमको इतिहास जलेको हुन्छ॥

भरेर उनको सिउंदो तिम्रो रंगीन रात हुंदा।
मेरो चिता संगै त्यो आकाश जलेको हुन्छ॥

भुलेर तिमी मलाई जब अंगाल्नेछौ उनीलाई।
मेरो खाली अंगालोको प्यास जलेको हुन्छ॥

तेस्रो प्रहर रातमा जब दुई मुटु एक हुंदा।
मेरो अधुरो प्रेमको मधुमास जलेको हुन्छ॥

रातो रंग सिन्दुरले जब रंगिनेछ संसार उनको।
तिमीले सिउरिदिएको लाली गुरांस जलेको हुन्छ॥

बाजा बजाई मेरै घरको बाटो गरी भोली तिम्रो।
जन्ती लांदा मेरो अंतिम सास जलेको हुन्छ.....



No comments: