Sunday, February 15, 2009

तिम्रो यादमा....

आंसू ले सपना लाई बागाउछ साँझ पर्दा।
जब तिम्रा कुराहरु याद आउछ सांझ पर्दा।

तिमी छूट्यौ धेरै पछि धेरै पर दौडीएछु ,
हाथ हेर्छु खाली मन डराउछ साँझ पर्दा।

उजाड बस्ती एकैछिन सुस्ताएको बेला जब,
यो मुटुले तिमिलैने बोलाउछ साँझ पर्दा।

तिमिलेनै पर बाट बोलाएझै लाग्छ मलाई ,
बतासले केश जब फरफराउछ साँझ पर्दा........



No comments: