Tuesday, April 13, 2010

नेपाली ग़ज़ल.....

तिमी हिंड्ने बाटोको बाधा मेरो माँया भयो।
पुरै गर्न चाहें सधै आधा मेरो माँया भयो॥

मिलनको सपनालाई अझ रंगीन बनाउन।
आफ्नै रगत बागाएनी सादा मेरो माँया भयो॥

दुई पाईला साथ हिंड्ने रहर बोकी बंधनहरु।
सबै सबै फुकाएनी बाँधा मेरो माँया भयो॥

भएनौ दोषी तिमी सधैं भूल मेरो मात्रै।
सायद होला तिमीलाई ज्यादा मेरो माँया भयो॥

स्वोदेश तथा विदेशमा रहनु भएका संपूर्ण नेपालीलाई
नया बर्ष को शुभकामना
दीक्षा रिसाल ''बुकि''
..........




7 comments:

Amitraghat said...

गज़ल में माँया का अर्थ समझ नहीं आया ...."

संजय भास्‍कर said...

आपने बड़े ख़ूबसूरत ख़यालों से सजा कर एक निहायत उम्दा ग़ज़ल लिखी है।

Aakar said...

नेपाली गजल पढ्दा निकै रमाइलो भयो ।
नयाँ वर्ष २०६७ को शुभकामना !

डीआर न्यौपाने'सूर्य' said...

दीक्षा जी को आगनमा पहिलो पल्ट छिरे । रमाइलो अनुभूति भयो नेपाली गजल पढन पाउदा
ढिलाई भएपनि नेपाली नयाँ बर्षको शुभकामना !

Drishya said...

malai ahile samma yad chha yo gazam lekheko din sis......miss u soooo much!!!!!!!!!!! yo gazam first ma padhne pani ma nai ho ni

Drishya said...

sry gazal

दृष्या said...

gajal heru kina yeti dherai ramra hunchan??