Friday, May 22, 2009

नजिक आई हातमा विष थमाएर गयौ तिमी

नजिक आई हातमा विष थमाएर गयौ तिमी,
तड्पी तड्पी मर्दै थे रमाएर गयौ तिमी

तिम्रो झूठो चाहनामा ब्यर्थै तड्पीएछु ,
सुनाउदा ब्यथा झन रुवाएर गयौ तिमी

थाहा छैन कीन होला हिजो पल्लो दोबाटोमा,
भेट हुंदा नजर आफ्नो झुकाएर गयौ तिमी

झूठो लाग्छ कथा प्रीया माँया अनी पिरतीको
दुई दिनको खेल आखिर बताएर गयौ तिमी

आँखा झुकाई चुपचाप नदेखेझै गरी गरी
मेरै अघि पराई हात समाएर गयौ तिमी..




No comments: