आएन दशैं खै मेरो लागी,शरद लाग्दा नि।
पहाड़ पारी माइती घरमा जमरा राख्दा नि॥
दिन गन्दै बसेबर्ष दिन भरी ,यो दैब निष्ठुरी।
लागेन दया,म रुंदा रुँदै रातभरि जाग्दा नि॥
नहेर आमा मुलबाटो तिमी नकुर मलाई।
म आउने छैन,तिमीले जति दोबाटो ताक्द नि॥
टिकाको दिन ती नयाँ लुगा,फ़ुर्कदै घुमेको।
सम्झन्छु आज सपना देख्दै यी आँखा थाक्दा नि॥
यी बैरी रैछन यहाँका मान्छे,सुनेनन केहीगरी।
दुई हात जोड़दै,बिलौना गरी तिमीले डाक्दा नि॥

6 comments:
achchhi lagi ghazal
thank you neeta ji
aap ke comment ke liye
aap nepali samajhti hai?
jankar khusi hui
dhanyabad
आखिर मैले तपाईंलाई भेटेरै छोडे दिदी। कती राम्रो सायरी लेख्नु भएको!!
उही तपाईंको भाई नबिन!!!
i will miss u alot this time di.....no excitement....no celebration......
really heart touching........gajal maile yesto lekhna sakne kahile??????love u soooo much
Sarai ramro gajal rahe6 thyakai mero jiban ma mel khane,,hajur lai dukh nalage m yo gajal sathi haru sang shere garn chahan6u,,,
Post a Comment