Monday, January 5, 2009

भन्थ्यौ तिमी आउछु (नेपाली ग़ज़ल)

भन्थ्यौ तिमी आउछु, जब चाँद आधा हुन्छ।
तिम्रो हाथ समाउछु, जब चाँद आधा हुन्छ॥

दुश्मन यो दुनिया निदाएको बेला जब।
अंगालोमा बोलाउछु ,चाँद आधा हुन्छ
॥

पर बाट सुन्दर लाग्छ्यौ त्य्सैलेत्त लुकीछिपी।
आँखा आँखा जुधाउछु ,जब चाँद आधा हुन्छ
॥

भन्थ्यौ तिमी मेरो याद को प्याला मा डुब्दै गर्दा।
मुटु आफ्नो जलाउछु ,जब चाँद आधा हुन्छ ॥

Dikshya

No comments: