Friday, May 22, 2009

नजिक आई हातमा विष थमाएर गयौ तिमी

नजिक आई हातमा विष थमाएर गयौ तिमी,
तड्पी तड्पी मर्दै थे म रमाएर गयौ तिमी।

तिम्रो झूठो चाहनामा ब्यर्थै म तड्पीएछु ,
सुनाउदा ब्यथा झन रुवाएर गयौ तिमी।

थाहा छैन कीन होला हिजो पल्लो दोबाटोमा,
भेट हुंदा नजर आफ्नो झुकाएर गयौ तिमी।

झूठो लाग्छ कथा प्रीया माँया अनी पिरतीको ।
दुई दिनको खेल आखिर बताएर गयौ तिमी॥

आँखा झुकाई चुपचाप नदेखेझै गरी गरी ।
मेरै अघि पराई हात समाएर गयौ तिमी..




No comments: