मेरो विस्मृती को गर्भ मा.....
हुन सक्छ तिमीलाई एक युग लाग्ला
मेरो विस्मृतीको गर्भ मा बिलाउन
स्मृतीका पट्यार लगदा दिन हरु मा
म पनि उसै गरी बाँची रहेछु
समय अनि जिंदगी को यो मापदंड
मेरो अघि पूर्ण रुपमा बद्ली सकेको छ
हिजो जे थियो आज ठीक त्यसको विपरीत
मुठी खोल्छु खाली खाली खाली केवल रित्तो .......
म सक्दिन तिमीलाई सुनाउन
म सक्दिन तिमीलाई समझाउन
केवल बिलाउन चाहन्छु म पनि
सायद तिम्रो विस्मृतीको गर्भमा
सायद तिम्रो विस्मृतीको गर्भमा ..........
4 comments:
kaya ye nepali bhasha mein hai? mujhe to nepali nahi aati ...nice blog
प्रशंसनीय ।
मुझे आपका ब्लोग बहुत अच्छा लगा ! आप बहुत ही सुन्दर लिखते है ! मेरे ब्लोग मे आपका स्वागत है
बहुत सशक्त अभिव्यक्ति
Post a Comment