Sunday, September 15, 2013

दिल मेरो तोडी गयो,बसेर आँखा बाट
सीसा सरि फुटें म ,खसेर आँखा बाट

चुमेर हात उसले एक रात यो भनेथ्यो
घायल बनाइ देउ, डसेर आँखा बाट

छन् बहाना अनौठा,प्रेमी यी झुठा भन्छन
उम्किने बाटो छैन ,फसेर आँखा बाट

भन्छु म नजुधाऊ कोहि पनि आँखा आँखा
मुटु जलाई जान्छन, पसेर आँखा बाट

एकान्त मैले रोजें ,र रोजें साथ आफ्नै
भाग्दै छु आज सम्म,तर्सेर आँखा बाट। …।