Wednesday, August 21, 2013

छोयो मलाई के भो,मेरो मन छुन सकेन
भयो होला सबैको तर मेरो हून सकेन

भरेर जून तारा सिउदै सजाए पनि
खाली यो मनको कुना सजाउन सकेन

बेमौसमी झरीले जती बल लगाए पनि
लेखीएको नाम तिम्रो कहिल्यै धुन सकेन

तिम्रो नाम हात भरी रात भरी लेखी रहंदा
तारा रुन सकेन र हाँस्न जून सकेन

उ मन दुखाई रह्यो,आँखा भिजाई रह्यो
छातीमा टांसीएर तर उ रुन सकेन.......